निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरको विवरण माग्यो

 असोज ७, २०७९ शुक्रबार १३:४८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरबारे २४ घण्टे स्पष्टीकरण मागेको छ । 

आयोगले स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी चुनावको घोषणा भएपछि अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के कति रकमान्तर भएको हो भन्दै २४ घण्टाभित्र विवरण पेस गर्न निर्देशन दिएको हो । 

आयोगले चुनावको मिति घोषण भएपछि अर्थात साउन १९ गतेयता रकमानान्तर र स्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टा भित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको हो । 

अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमानान्तर निकासा र स्रोत सुनिश्चितता गरेको भन्दै निर्वाचन आयोगले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया