असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्वाचन आयोगको निर्देशन

 असोज ७, २०७९ शुक्रबार १७:४३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज एक विज्ञप्ति निकालेर असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न ७७ वटै जिल्लाका निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभएको हो । 

यस अघि आयोगले सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत तोकेको थियो । साथै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउन पनि विज्ञप्तिमा भनिएको छ ।

कार्यालय स्थापना गरेपछि आयोगको सहमतिबिना निर्वाचन अधिकृतहरुलाई निर्वाचन क्षेत्र नछोड्न पनि आयोगले भनेको छ ।  
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया