नेताहरूले विश्वास गुमाउँदै जाँदा चिन्तित छु : माधव नेपाल

 असोज १३, २०७९ बिहिबार १९:३१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताउनुभएको छ । 

आज बिहीवार अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले दशैँ, तिहारलगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताउनुभएको हो । उहाँले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताउनुभयो । नेताहरूले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि उहाँकाे गुनासाे छ । 

उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीलाई व्यवस्थितरूपमा अगाडि बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्दछ । अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ । यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरूले विश्वास गुमाउँदै गइरहेका छन् । त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ । त्यसैले हामी अरूजस्ता होइनौँ भनेर हामीले देखाउन सक्नुपर्छ । जब हामी आफैँ व्यवहारबाट, उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गर्छाैँ अनि बल्ल अरूको विश्वास जित्न सक्छौँ ।’

अध्यक्ष नेपालले मानिसहरूमा आफूले पटक–पटक अवसर पाउँदा ठिक ठान्ने र अरूले एक पटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मकरूपमा नलिने प्रवृत्ति बढेको बताउनुभयो । आफूले पाएको छैन भने अनुहार अँध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने भन्दै उहाँले टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया