सङ्खुवासभामा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

 असोज १५, २०७९ शनिबार ८:३६:३० | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताउनुभयो।

शुक्रवार दिउँसो खाँदबारी–१ चाँदनी चोकमा रहेकाे नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकको निर्माणाधीन भवनमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका र खाँदबारी अस्पतालमा उपचारका क्रममा  उहाँको ज्यान गएकाे हाे । 

विष्ट निर्माणाधीन रेडक्रस सोसाइटीको साइट इञ्चार्ज हुनुहुन्थ्याे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया