दाङको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते

 असोज १५, २०७९ शनिबार १८:३७:४० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको चौपट्टामा शनिवार दिउँसो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । 

लमही/घोराही सडक खण्डको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङको सदरमुकाम घोराहीदेखि लमहीका लागि छुटेको  रा १ ख १८४५ नम्बरको यात्रुवाहक बस चौपट्टामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

घाइतेको उद्दार गरी घोराहीेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया