काठमाण्डौ उपत्यकामा घट्यो गाडीको चाप

 असोज १७, २०७९ सोमबार १७:२६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आजदेखि काठमाण्डौ उपत्यकाका सडकहरुहरुमा गाडीको चाप निकै घटेको छ । हिजोसम्म बिहान बेलुका लामो जाम भएको काठमाण्डौ भित्रिने मुख्य नाकामा पनि आज बिहानैदेखि चाप घटेको छ ।

हिजो बेलुकीदेखि नै मुख्य नाका नागढुङ्गा र जगातीमा गाडीको चाप घट्न थालेको ट्रापिक प्रहरीले जनाएको छ । अहिले विस्तारै उपत्यकाका सडकहरु खाली हुन थालेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताउनुभयो ।

यातायात व्यवसायीका अनुसार १५ देखि २० लाख जना सम्मले काठमाण्डौ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने हिजो बेलुकीसम्ममा ६ लाख ५० हजारले काठमाण्डौ छाडेका छन् । यो भने सार्वजनिक गाडीमा चढेर गएका यात्रुको अभिलेख हो । निजी गाडी तथा मोटरसाइकलमा जाने यात्रुको संख्या पनि उत्तिकै रहेको छ ।    

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया