काठमाण्डाैमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

 असोज १९, २०७९ बुधबार १६:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विजया दशमीकाे दिन टीका र आशीर्वाद थाप्न आफन्तकाेमा जाने क्रमसँगै काठमाण्डाैका सडकमा चहलपहल बढ्न थालेको छ । 

आज बुधवार दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवम् नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम सुरु भएको हो । काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि आफन्तकोमा जाने क्रमसँगै मानिसहरू सडकमा गाडी कुरेर बसिरहेको देख्न सकिन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानेर लगाउने गरिन्छ । 

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजया दशमी (बडादशैँ) को आज सबैभन्दा महत्त्वपूर्ण दिन हो । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनेर आशीर्वाद लिइन्छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया