महिला क्रिकेट : पुलिसकाे विजयी सुरुवात, प्रदेश १ र लुम्बिनीले अङ्क बाँडे

 असोज २४, २०७९ सोमबार १८:३०:५८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । 

पोखरामा आज साेमवार बिहान भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले हरायो । पुलिसले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा १० ओभर २ बलमा पानी परेपछि खेल रोकिन पुग्यो । त्यसपछि बाँकी ओभरकाे खेल सम्भव नभएपछि डीएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।

खेल रोकिनुअघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दिक्षा पुरीले सर्वाधिक सात रन बनाएकी थिइन् । यस्तै दिव्या रानाले तीन, करिश्मा राईले एक रन जोड्दा अन्य पाँच खेलाडी शून्य रनमै आउट भए । पुलिसकी सबनम राई, संगीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाया रोयले एक/एक विकेट लिए। ।

यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा एक सय १० रन बनाएकाे थियाे । वर्षाले मैदान भिजेका कारण केही ढिला सुरु भएकाे खेलमा चार ओभर घटाइएको थियो ।

पुलिसका लागि सम्झना खड्काले २१ बलमा दुई चौकाको मदतमा २५ रन बनाइन् । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कविता र काजल दुवैले समान १६ रन बनाएका थिए । यस्तै रेवती धामिले १४ रन बनाइन् । कर्णाली प्रदेशका लागि अन्जु गुरुङले तीन तथा बिना थापा र एञ्जिला क्षत्रीले एक/एक विकेट लिए । खेलमा पुलिसकी सम्झना खड्का प्लेयर अफ द म्याच भइन् ।

यसैबीच आजै हुने तय भएको प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशबीचको खेल पनि वर्षाका कारण प्रभावित भएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । महिला क्रिकेटमा नाै टोलीको सहभागिता रहेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया