अमेरिकाद्वारा चीनलाई प्रविधिकाे बिक्रीमा कडाइ, एसियाका कम्प्युटर चिप निर्माता कम्पनीकाे शेयर मूल्य घट्यो

 असोज २५, २०७९ मंगलबार १२:३२:१८ | एजेन्सी
unn.prixa.net

अमेरिकाले चीनलाई प्रविधिको बिक्रीमा प्रतिबन्ध लगाउन कडा नियमहरु घोषणा गरेसँगै एसियाका प्रमुख कम्प्युटर चिप निर्माताहरूको सेयर भाउ घटेको छ।

अमेरिकाले चिनियाँ चिप निर्माताहरूले चिपहरू उत्पादन गर्न सक्ने उपकरणहरू आपूर्ति गर्न इजाजतपत्रको लागि आवेदन दिनुपर्ने व्यवस्थासहित शुक्रवार नयाँ नियम घोषणा गरेको थियो ।

अमेरिकाको घोषणापछि लगातार बिदा परेका कारण आज खुलेका ताइवान, दक्षिण कोरिया र जापानका शेयर बजारमा प्रविधि कम्पनीहरुको शेयर भाउ घटेको बीबीसीले जनाएको छ । ताइवानको चिपमेकर कम्पनी टी.एस.एम.सी को शेयर सात दशमलव सात प्रतिशतले घटेको छ ।

यस्तै दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीको शेयर दुई दशमलव तीन र जापानको टोकियो इलेक्ट्रोनको शेयर पाँच दशमलव पाँच प्रतिशतले घटेको छ । अमेरिकाले अमेरिकी फर्महरूलाई सुपर कम्प्युटर र आर्टिफिसियल इन्टेलिजेन्सका लागि प्रयोग हुने केही चिप्स चिनियाँ कम्पनीहरूलाई बेच्न पूरै प्रतिबन्ध लगाउने बताएको छ ।

अमेरिकाले चिनियाँ सैन्य र प्राविधिक प्रगतिलाई रोक्नको लागि नयाँ नियम लागू गरेको जनाएको छ । यो नियम चीनमा प्रविधि निर्यात गर्ने अमेरिकी नीतिमा पछिल्लो दशककै सबैभन्दा ठूलो परिवर्तन हो।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया