सरकारी कर्मचारी र शिक्षकलाई आयोगको निर्देशन– प्रचार सामग्रीमा लाइक र कमेन्ट समेत नगर्नू

 असोज २५, २०७९ मंगलबार १७:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को अनुगमन गर्दा कतिपय सरकारी कर्मचारी तथा शिक्षक/प्राध्यापकहरूले राजनीतिक दल र उम्मेदवारकाे पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले कडा निर्देशन दिएको हो । प्रचारप्रसारमा संलग्न कर्मचारी र शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाउने, बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीलाई शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले कारबाही सुरु गरेको जानकारी दिएको छ ।

निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको आयोगले स्मरण गराएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • महेन्द्र पौडेल

    Oct. 11, 2022, 6:27 p.m.

    उम्मेदवार र पार्टीका कार्यकर्ताले कर्मचारी र शिक्षकहरुलाई tag गरेको पाइन्छ त्यसको लागि के गर्ने हो त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया