नेपालको हवाई क्षेत्रमा ठूलो उपलब्धि भएको ईयूको प्राविधिक टोलीको प्रतिक्रिया

 असोज २६, २०७९ बुधबार ७:४४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली संघ (ईयू) को प्राविधिक टोलीले प्रतिक्रिया दिएको छ ।

नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न आएको ईयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सीको टोली नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो ।

महानिर्देशक अधिकारीका अनुसार ईयूको प्राविधिक टोलीले दिएको प्रारम्भिक प्रतिवेदनमा १० वर्षको अवधिमा ठूलो उपलब्धिका रुपमा उल्लेख छ ।

टोलीले कात्तिक ११ गते नेपाललाई अन्तिम प्रतिवेदन बुझाएपछि सार्वजनिक गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

आउँदो मे महिनासम्ममा नेपाल ईयूको सुरक्षा सूचीबाट हट्ने महानिर्देशक अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।

सन् २०१३ यता युरोपेली संघ ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ । सन् २०१० मा एकै वर्ष तीन वटा विमान दुर्घटना भएका थिए भने सन् २०११ मा एउटा र सन् २०१२ मा दुई वटा विमान दुर्घटना भएपछि त्यस्तो प्रतिबन्ध लागेको थियो ।

ईयूले प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को प्रतिवेदनलाई आधार मानेको थियो । तर आईकाओले चार वर्षपछि नै सन् २०१७ को जुलाईमा नेपालको प्रतिबन्ध फुकुवा गरिसकेको छ ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया