कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट दिएन, अनि देश बन्छ ? : बाबुराम भट्टराई

 असोज २८, २०७९ शुक्रबार १४:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । 

आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै नेता भट्टराईले कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने पार्टीले विद्वान् व्यक्तित्वहरूलाई चुनावमा टिकट निदएर देश विकास हुन नसक्ने बताउनुभयो । उहाँले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर देशभित्र गरिब, निमुखामात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औँल्याउनुभयो । उहाँले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा सबैले सबैलाई ठग्दै हामीले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुग्यौँ । सबैले आत्मसमीक्षा गर्नु जरुरी छ । मैले तीन पटक चुनाव जितेर अहिले चाहिँ प्रतिस्पर्धाबाट बाहिरिएको छु । हामीले दोहोरो कर्म गर्ने, आफूतिर नहेर्ने, उपदेश दिने, ठूला कुरा गर्ने, अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिब, निमुखा मात्रै बस्ने हो भने देश कहिल्यै पनि बन्दैन । नेपालको सबै कुरा बुझ्ने विद्वान् स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्लेजस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्रिक भन्ने पार्टीले चुनावमा टिकट पनि दिएन । अनि देश बन्छ ।’

भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र देशमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया