निर्वाचन आयाेगले कल सेन्टर सञ्चालनमा ल्यायाे

 असोज २८, २०७९ शुक्रबार १८:४७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावसम्बन्धी जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि कल सेन्टर आज शुक्रवारदेखि सञ्चालमा आएकाे हो । कल सेन्टरबाट सेवा लिनका लागि निःशुल्क ११०२ टोल फ्री नम्बरको व्यवस्था गरिएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टर र ई–बुलेटिन सेवाको उद्घाटन गर्दै त्यसबाट भरपूर लाभ लिनका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले आयोग चुनावलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक तयारीमा केन्द्रित रहेको जानकारीसमेत दिनुभयो । 

कल सेन्टरमा चुनावसम्बन्धी सबै जिज्ञासा सम्बोधन हुने गरी आवश्यक जनशक्तिको पनि व्यवस्थापन गरिएको आयोगले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया