युवा उम्मेदवारको सङ्ख्या पहिलेभन्दा कम

 असोज २९, २०७९ शनिबार ७:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चुनावमा धेरै मतदाताले युवा उम्मेदवारलाई प्राथमिकता दिन आवाज उठाउँदै आए पनि मुख्य दलहरुले यसको बेवास्ता गरेका छन् । ठूला पार्टीहरुबाट युवा उम्मेदवारको सङ्ख्या कम छ । स्वतन्त्रबाट भने धेरै युवाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगको विवरणअनुसार एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाबाट उम्मेदवार बन्ने युवाको सङ्ख्या ४६ मात्रै छ । ४० वर्ष उमेरसम्मका उम्मेदवारमध्ये एमालेबाट सात, माओवादीबाट ६, कांग्रेसबाट तीन तथा जसपा र लोसपाबाट १५/१५ जना छन् ।

एकीकृत समाजवादीबाट ४० वर्षमुनिका युवा उम्मेदवार नै छैनन् । प्रतिनिधि सभा र र प्रदेश सभा चुनावका लागि देशभर ५ हजार ६ सयभन्दा धेरै उम्मेदवार रहेकोमा ४१ देखि ५० वर्ष उमेर समूहका बढी छन् ।

मुख्य दलहरुले आकाङ्क्षी युवालाई टिकटमा वञ्चित गर्दा यसअघिको चुनावमा भन्दा कम युवाको उम्मेदवारी परेको छ । ४० वर्षसम्म उमेर समूहका ३० प्रतिशत हाराहारीमा मात्रै युवा उम्मेदवार छन् । यसअघि २०७४ को संसदीय चुनावमा ३५ प्रतिशत र गएको पालिका चुनावमा ४१ प्रतिशत युवा उम्मेदवार थिए ।

महिला उम्मेदवारको सङ्ख्या झन् कम छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ प्रतिशतको हाराहारीमा मात्र महिला उम्मेदवारी परेको छ । एमालेले १२, माओवादीले ८, कांग्रेसले ६, राप्रपाले ८, जसपाले ७, लोसपाले ३ र एकीकृत समाजवादीले १ जना महिलालाई मात्र टिकट दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिने महिलाको सङ्ख्या ८५ छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया