च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण कात्तिक ५ गतेभित्र नबुझाए समानुपातिक बन्दसूचीबाट नाम हटाउने निर्णय गरेको छ ।
आयोगको आज आइतवार बसेको बैठकले पालिका चुनावको खर्च विवरण नबुझाएका समानुपातिक उमेदवारले कात्तिक ५ गतेभित्रमा विवरण नबुझाएमा सूचीबाट नाम हटाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।
यस्तै आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको उमेदवारीका लागि उम्मेदवार बन्न रोक्ने किसिमको बहालवाला पदबाट असोज २३ गतेअघि नै दिएको राजीनामा स्वीकृत गर्न निर्देशन दिएको छ ।
आज बसेको आयोगको बैठकले प्रत्यक्षतर्फको उमेदवारी मनोनयको दिन असोज २३ गतेअघि दिएको राजीनामा त्यही दिनबाटै लागू गर्न निर्देशन दिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।