डिस्कस थ्रोमा आर्मी र लुम्बिनीलाई स्वर्ण

 असोज ३१, २०७९ सोमबार १३:१०:३६ | सागर राज तिमिल्सिना
unn.prixa.net

आर्मीका चित्रबहादुर ओली

कास्की – एथलेटिक्स डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले स्वर्ण पदक जितेका छन् । आज साेमवार पाेखरामा भएकाे खेलमा इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीकी संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् ।

वलीले ३८ दशमलव ४८ मिटर र अधिकारीले ३५ दशमलव १० मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन् । पुरुषतर्फ नेपाल पुलिसका पुष्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले कास्य पदक जिते । खड्काले ३१ दशमलव ७५ मिटर र पालले ३१ दशमलव १० मिटर थ्रो गरे ।

महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महतोले रजत जितिन् । उनले ३३ दशमलव ६० मिटर थ्रो गरिन् । त्रिभुवन आर्मी क्लबकी मिलन बुढामगरले ३२ दशमलव ३५ मिटर थ्रो गर्दै कास्य पदक जितिन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया