रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरी परेपछि आयोगले आज शुक्रवार महामन्त्री शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । महामन्त्री शर्माविरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयाेगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभयो ।
झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको दुई लाख ५० हजार रुपैयाँ निरौला र उहाँको बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो विजय दाल्मियाले आफ्नो फेसबुक वालमा शेयर तथा पोस्ट गर्नुभएको थियाे । श्रव्य/दृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गर्नुभएको होइन भन्न सकिने कुनै आधार कारण नदेखिएको भन्दै स्पष्टीकरण सोधेको आयाेगले जनाएको छ । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने उल्लेख छ । आयाेगले रकम हस्तान्तरण भएकोबारे के, कस्तो भएको हो ? र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनि प्रश्नसमेत सोधेको छ ।
आायेगले महामन्त्री शर्मालाई उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यलयमा आफैँ उपस्थित भइ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । उपन्यायाधिवक्ता वाग्लेले निर्वाचन आचारसंहिता लागू भइसकेपछि उम्मेदवारले आचारसंहिता पालना गर्नुपर्ने उल्लेख गर्दै आगलागी पीडितलाई पैसा वितरण गर्नु आचारसंहिता विपरीत भएको बताउनुभयो ।
उहाँले निर्वाचनको सन्दर्भमा मतदातालाई कुनैपनि गतिविधि गरेर कुनै प्रकारले प्रभावित पार्नु हुँदैन र लोभलालच देखाउनु हुँदैन भन्ने आचारसंहीताको सन्दर्भलाई लिएर आयोगको निर्णयअनुसार उहाँलाई स्पष्टीकरण सोधिएको पनि स्पष्ट पार्नुभयो । उपन्यायाधिवक्ता वाग्लेले महामन्त्री शर्माले आयोगलाई पठाएको जवाफपछि आयोगले जवलाफको गहन विश्लेषण र अध्ययन गरी उचित कदम लिने स्पष्ट पार्नुभयो ।
उपन्यायाधिवक्ता वाग्लेले शुक्रवारसम्मको तथ्याङ्कअनसार निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, सङ्घ–संस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण सोधेको र त्यसमध्ये ३० वटा जवाफ आएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।