अवसरै अवसर पाएकाहरुले सधैँ टिकट पाउनुपर्ने छैन : ओली

 कात्तिक ५, २०७९ शनिबार १८:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले चुनावमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताउनु भएको छ  ।

भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैँ टिकट पाउनुपर्ने छ र ? भनी प्रश्न समेत गर्नु भएको थियो ।

शनिवार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर त्यो अवसर अरुलाई दिइएको स्पष्टिकरण समेत दिनु भयो । 

ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरि टिकट नपाउनु स्वभाविक भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । 

उहाँले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षमा आधारित हुने आश्वासन समेत दिनु भयो ।

आवश्यक्ता भन्दा बढी अवसर पाएकाहरु फेरि पनि अवसरको पछि कुदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने भनाइ राख्नु भयो ।

अध्यक्ष ओलीले आउने दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘केही नबुझेर केही बुझि बुझिकन फलानो व्यक्तिले किन पाएन ? दुई जना मान्छेका लागि । अनि काशिनाथ अधिकारी जस्तो अरुले त हिजो अस्तिसम्म भन्नुस्न असोज ३ गतेसम्म । २०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाईरहनुपर्ने छ र ?’

उहाँले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार देशलाई आवश्यक रहेको दोहोर्याउँदै त्यस लक्ष्य प्राप्तिका लागि आउने मंसिर ४ गतेको निर्वाचन सार्थक हुने विश्वास समेत व्यक्त गर्नु भयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया