नेपालको राजनीतिमा व्यक्तिवाद हाबी : नेपाल

 कात्तिक ६, २०७९ आइतबार १८:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेकाले गठबन्धनको अपरिहार्य भएको बताउनुभएको छ । 

धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेपालले नेपालको राजनीतिमा व्यक्तिवाद हाबी भएको बताउँदै उहाँले त्यसको केन्द्रमा एमाले अध्यक्ष ओली रहेको आरोप लगाउनुभयो ।

उहाँले गठबन्धन दलभित्र दोहोरो उम्मेदवारी परेका ठाउँमा सकभर मिलाउन प्रयास हुने र नभए मित्रवत प्रतिस्पर्धा हुने बताउनुभयो । गठबन्धनले गएको शुक्रवारदेखि प्रदेशगत भेलाहरु गरिरहेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया