केही क्षेत्रमा गठबन्धनका दलबीच नै प्रतिस्पर्धा हुने

 कात्तिक ११, २०७९ शुक्रबार १४:३१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता गठबन्धनका चार दलभित्र सहमति हुन नसकेका क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सबै क्षेत्रमा साझा उम्मेदवार तय गर्न नसकेपछि सत्तारूढ दलभित्रै प्रतिस्पर्धा हुने भएको हो ।

बैठकपछि निकालिएको विज्ञप्तिमा केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ र ती ठाउँमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निकाल्नुभएको संयुक्त विज्ञप्तिमा विभिन्न ठाउँमा देखिएका विवाद मिलाउन प्रतिबद्ध रहेको उल्लेख छ । सहमति भएका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया