आयाेगले भन्याे– उम्मेदवारविरुद्ध फैलाइने झुटाे सूचना अभिव्यक्ति स्वतन्त्रता हाेइन

 कात्तिक ११, २०७९ शुक्रबार १९:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन अयोगले चुनावलाई प्रतिकूल असर पर्ने गरी फैलाइने मिथ्या (झुटाे) सूचना अभिव्यक्ति स्वतन्त्रता नभएको बताएको छ ।

आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा चुनावलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने बताएको हो ।

यसअघि कात्तिक ८ गते आयोगले उम्मेदवार र नेताहरूलाई लाञ्छना लगाउँदै बनाइएका फेसबुक पेज तथा ग्रुपहरू हटाउन चेतावनी दिएको थियो । आयोगको चेतावनीको चौतर्फी विरोध भएपछि फेरि आज अर्को विज्ञप्ति निकालेर उसले मिथ्या सूचना अभिव्यक्ति स्वतन्त्रता नभएको बताएको हो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया