‘अब मलाई अर्को चोटि उठ्ने रहर छैन, यो अन्तिम हाे’ : पम्फा भुसाल

 कात्तिक १२, २०७९ शनिबार १८:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो नै अन्तिम पटक भएको बताउनुभएको छ । 

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनु भएकी मन्त्री भुसालले अर्को चुनावमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गर्नु भएको हो । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अर्को चुनाव आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले उमेर अवस्थाले गर्दा पनि आफूले चुनाव नलडने अवस्था आउने स्पष्ट पार्नुभयो ।

उहाँले त्यसबेला आफूले समानुपातिकतर्फको चुनावमा जान सक्ने वा पार्टीको महत्वपूर्ण जिम्मेवारी लिएर बस्न सक्ने भन्दै युवाहरुलाई प्रत्यक्षतर्फको चुनावमा लडने तयारी गर्न पनि आग्रह गर्नुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘म ६० वर्ष पुगे । १६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगे । अव अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरु कुनै कारणले होइन्, म चाँही अब उमेर अवस्थाले प्रत्यक्ष चुनाव लड्न घरघर जान अनि टोलटोल पुग । गल्लीगल्ली पुग । सबै ठाउँ पुग । अब मसँग त्यो इच्छा छैन । अब म भन्दा युवा साथीहरु आउनुहोस् । मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भने पनि हुन्छ । राष्ट्रियसभा पनि छ । अरु राजनीतिक मोर्चाहरु पनि छन् । पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु । अब मलाई अर्को चोटि उठ्ने रहर छैन । यो अन्तिम चोटि हो प्रत्यक्षमा ।’

मन्त्री भुसालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन बनेको र आगामी चुनावपछि पनि यसले निरन्तरता पाउने दाबीसमेत गर्नुभयो । 

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया