च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताउनुभएको छ ।
आज आइतवार काठमाण्डाैमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक 'एक बाघी' लोकपर्ण समारोहमा बोल्दै महामन्त्री थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै सङ्गतको प्रभाव हुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले साहित्यकार संग्रौला आफू सरहका कांग्रेसी नेताहरूको पनि गुरु भएकाले उहाँको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीले सिक्नुपर्ने कुराहरू धेरै रहेको बताउनुभयो ।
महामन्त्री थापाले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्ने कुरा सिकाएको बताउनुभयो । उहाँले साहित्यकार संग्रौलाको नयाँ पुस्तक 'एक बाघी' मा कोही एक व्यक्तिको जीवनमा आधारित नभइ समय र समाजले बुझ्नुपर्ने कुराहरू समेटेको पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो उमेर समूहका थुप्रै कालो कांग्रेसीले खगेन्द्र संग्रौलालाई गुरु मान्छन् । प्रश्न गर्न र बाघी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनुभयो । उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ । व्यक्तिको सोचमा समय र समाजको प्रभाव त हुन्छ तर सङ्गतको प्रभाव पनि हुन्छ ।’
महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।