कांग्रेस पहिलाे पार्टी बन्छ, गठबन्धनका दलसँग मिलेर सरकार बनाउँछ : सहमहामन्त्री परियार

 कात्तिक १३, २०७९ आइतबार १७:५२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएकाे छ । 

आज आइतवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री परियारले आउँदाे मङ्सिर ४ गतेकाे चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएकाे हाे । उहाँले चुनावपछि कांग्रेस पहिलो पार्टी बन्ने र गठबन्धनभित्रका अन्य दलहरूसँग मिलेर सरकार बनाउने बताउनुभयो । गठबन्धनमा आबद्ध दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीको घोषणापत्र र कांग्रेसको घोषणापत्रमा नीतिगतरूपमा धेरै फरक नपर्ने भन्दै सरकार बनाउन सजिलो हुने उहाँकाे भनाइ थियाे । 

उहाँले भन्नुभयो, ‘मलाई के विश्वास छ भने नेपाली कांग्रेस पहिलो पार्टी बन्छ भन्ने कुरामा दुविधा छैन । नेपाली कांग्रेस पहिलो पार्टी बन्छ र गठबन्धनभित्रै रहेका दलहरूसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौँ । कांग्रेसकै जस्तै माओवादी र समाजवादी पार्टीले घोषणापत्र ल्याउँछन् । त्यस कारण खासै धेरै अन्तर हुन्छ जस्तो लाग्दैन । र याे घाेषणापत्र कार्यान्वयन गर्छाैँ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु ।’

सहमहामन्त्री परियारले भ्रष्टाचार आरोपित कांग्रेसका नेता विजयकुमार गच्छदारलाई टिकट दिएकोप्रति कुनै ग्लानी नभएको बताउनुभयो । तत्कालीन नेकपाको सरकारले कांग्रेसका नेताहरूलाई प्रतिशोध साँध्न भ्रष्टाचारको मुद्दा अगाडि बढाएको उहाँकाे दाबी गर्नुभयाे । गच्छदारलाई मुद्दा चलाउने निर्णय प्रतिशोधपूर्ण निर्णय भएको पार्टीको ठहर रहेको उहाँले उल्लेख गर्नुभयाे । अहिले आरोपमात्रै लागेका कारण भोलि गच्छदार निर्दोष सावित हुनसक्ने पनि उहाँले जिकिर गर्नुभयो । 

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै सहमहामन्त्री परियारले गठबन्धनका कारण आफ्नो पार्टीका दलित समुदायका नेताहरूले टिकट नपाएको बताउनुभयो । दलित नेताहरूको नाम सिफारिस भएको ठाउँमा गठबन्धनका अन्य दललाई छोड्नुपरेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया