कात्तिक मसान्तभित्र थोक कर्जा चुक्ता गर्न ६६ वटा सहकारीलाई ताकेता

 कात्तिक १५, २०७९ मंगलबार ८:३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा नबुझाउने ६६ वटा सहकारीलाई कात्तिक मसान्तभित्र साँवा, ब्याज र हर्जानासहित सम्पूर्ण रकम बुझाउन अनुरोध गरेको छ ।

कोषले आज सार्वजनिक सूचना निकालेर २०६९ सालमा थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता नभएको भन्दै सम्पूर्ण रकम १५ दिनभित्र बुझाउन अनुरोध गरेको हो । कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले निकालेको सूचना अनुसार कर्जा नबुझाउनेमा प्रदेश एकका १२, मधेस प्रदेशका ६, बाग्मतीका १४, गण्डकी र लुम्बिनीका ३/३ वटा सहकारी रहेका छन् । त्यस्तै कर्णालीका १६ र सुदूरपश्चिमका १२ वटा सहकारी रहेका कोषले जनाएको छ ।

रकम बुझाएको तर हिसाब मिलान गर्न बाँकी रहेको भएमा आवश्यक भौचरसहित सचिवालयमा सम्पर्क गर्न पनि कोषले अनुरोध गरेको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया