ताप्लेजुङमा एक घरमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति

 कात्तिक १५, २०७९ मंगलबार १६:४८:९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङमा आगलागीबाट एक घर जलेर नष्ट भएकाे छ । फक्ताङलुङ गाउँपालिका ४ ईखाबुमा आज (मङ्गलवार) मङ्गलबहादुर तामाङको घर जलेर नष्ट भएको हाे ।  

विद्युत् शर्ट भएर आगलागी भएकाे र घरमा रहेका अन्न, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।    

आगाे धुरीबाट बल्न थालेकाले निभाउन नसकिएकाे स्थानीय रानी आधाभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडाले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया