चुनाव बिथाेल्ने गतिविधि हुन दिइँदैन : निर्वाचन आयाेग

 कात्तिक १६, २०७९ बुधबार १५:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरूले चुनाव बिथोल्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बुधवार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा चुनाव बिथोल्ने खालको गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताउनुभयो । उहाँले विप्लव नेतृत्वको नेकपाको नाम नलिइ कुनै राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भीरतापूर्वक लिएको र त्यहीअनुसारको सुरक्षा योजना बनाउने विषयमा छलफल सुरु गरिएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कुनै राजनीतिक समूहले चुनाव बिथाेल्ने भनेकाे कुरालाई हामीले गम्भीररूपमा लिएर छलफल गरेका छौँ । चुनाव बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिइँदैन । यसमा हामी सचेत छौँ ।’

निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीमा कुनै पनि खालको गुनासो आउन नदिने गरी काम गर्ने प्रतिबद्धतासमेत जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीको ढुवानीमा कुनै समस्या देखिए त्यसलाई सच्याएर आयोग अघि बढ्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया