राजनीतिक दल र उम्मेदवारले भोलिदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने

 कात्तिक १६, २०७९ बुधबार १९:२७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजनीतिक दल र उम्मेदवारले भाेलि बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । 

आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । उहाँले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गर्नुभएको छ । 

प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन आज बुधवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता नैतिक र कानुनी बन्धन भएकोले यसलाई सबैले पालना गर्नुपर्ने बताउनुभयो । अहिलेसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको काम भइरहेको र कात्तिक २५ गतेभित्र निर्णयमा पुग्ने उहाँले बताउनुभयो । 

यस्तै प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ गते हुने चुनावका उम्मेदवारले मङ्सिर १९ गतेभित्र खर्च विवरण पेस गरिसक्नुपर्ने भन्दै त्यसकाे लेखा परीक्षणसमेत गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया