डीपी अर्याल रास्वपाको कार्यबाहक सभापति
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - निर्वाचन आयोगले देशभरका एक सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने भएको छ । आयोगले ती मतदान केन्द्रमा साङ्केतिक भाषा सूची राखेर मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण तालिम समेत दिने जनाएको छ ।
मतदान गर्ने तरिका सम्बन्धी ब्रेल सामग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गर्ने समेत जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको सुविधालाई ध्यानमा राखेर देशभर एक सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने निर्णय भएको जानकारी दिनु भएको छ ।
निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि देशभर १० हजार ८ सय ९२ ठाउँमा २२ हजार २ सय २७ वटा मतदान केन्द्र तोकेको छ । चुनाव आउन अब १७ दिन बाँकी छ । आजदेखि दल तथा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले आचारसंहिता पालना गर्दै चुनावी गतिविधि गर्न आग्रह गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।