डडेल्धुरामा प्रधानमन्त्रीलाई स्वागत गर्न सागर ढकाल माला लिएर लाइनमा

 कात्तिक १७, २०७९ बिहिबार १४:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुग्नुभएको छ ।

देउवा निजी खर्चमा हेलिकप्टरमार्फत डडेल्धुरा पुग्नुभएको हो । उहाँ डडेल्धुरामा आमसभा र चुनावी घरदैलो कार्यक्रममा सहभागी हुनुहुनेछ । देउवा डडेल्धुरा जाँदा रोचक दृश्य देखिएको छ । देउवाको खरो आलोचना गर्ने र उहाँकै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल पनि देउवालाई स्वागत गर्न मालासहित लाइनमा बस्नुभएको छ ।

अब नयाँ पुस्ता नेतृत्वमा पुग्ने भन्दै ढकालले प्रधानमन्त्री देउवाकै क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । प्रतिस्पर्धीलाई स्वागत गर्न लाइनमा बसेर आफूले राजनीतिक संस्कारको उदाहरण देखाउन खोजेको ढकालले बताउनुभएको छ । 

तस्बिर : सामाजिक सञ्जाल

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • दयाराम खतिवडा

    Nov. 3, 2022, 3:16 p.m.

    यो कुरा सहि हो भने यी सागर ढकाल्ले पनि करोडौं को खेल खेलेको देखिन्छ नत्र अरु के हुन सक्छ त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया