एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दै, अध्यक्ष ओली ४० जिल्ला पुग्दै

 कात्तिक १८, २०७९ शुक्रबार ७:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - नेकपा एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दैछ । आफ्नो नेतृत्वमा सरकार बनेको बेला नेपालको छुटेको भूभाग समेटिएर नक्सा जारी भएको विषयलाई चुनावी एजेण्डा बनाएको एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको सदरमुकाम खलङ्गामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्ने  एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गर्नु हुनेछ ।

चुनावी अभियानका क्रममा ओली ४० वटा जिल्लामा पुग्ने गरी कार्यक्रम तय भएको रिजालले बताउनुभयो । चुनावी अभियानका लागि एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कैलालीको सदरमुकाम धनगढी पुगिसक्नु भएको छ ।

४० जिल्लाका चुनावी सभालाई सम्बोधन गरेर ओली आउँदो २७ गते काठमाण्डौ फर्किने कार्यक्रम छ । काठमाण्डौ फर्किएपछि उहाँ आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन गृह जिल्ला झापा जाने तयारी भएको एमालेले जनाएको छ । निर्वाचन आयोगले हिजोदेखि आउँदो मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने जनाएसँगै दलका शीर्ष नेतासहित उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया