कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, कुटनीतिक वार्ता गर्नुपर्छ : देउवा

 कात्तिक १९, २०७९ शनिबार १७:२७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने बताउनुभएको छ ।

गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केपी ओली जी दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ ? भनेर प्रश्न गर्नुभयो । साथै उहाँले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । बोलेर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले भूमि फिर्ता ल्याउन भारतसँग कुरा गर्ने बताउनुभयो ।

हिजो दार्चुलाको खलंगामा भएको चुनावी सभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको एक इन्च जमिन कसैलाई नछाड्ने बताउनुभएको थियो । आज डडेलधुरामा भएको सभामा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र तथा समावेशी संविधानलाई बचाउनुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया