अँध्यारो कोठामा बसेर चुनाव बिथाेल्ने गतिविधि नगर्न आयाेगकाे चेतावनी

 कात्तिक २१, २०७९ सोमबार १६:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – निर्वाचन आयाेगले चुनावकाे स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेकाे छ । आज सोमवार कलाकारसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले 'नो नट अगेन' बारे बोलिरहँदा कसैले पनि चुनाव र उम्मेदवारप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्या लगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गर्नुभएको हो । उहाँले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताउनुभयो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावरूपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररूपी ढुङ्गा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले अँध्यारो कोठामा बसेर चुनाव बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकलाई उम्मेदवारको सही सूचना दिन अग्रसर हुन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र, चुनाव र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्रहत्या गर्ने कुरा, मिथ्या सूचना दिने कुरा, दुष्प्रचार गर्नेकुरा र घृणास्पद अभिव्यक्ति दिने कुरा जोड्न हुँदैन, मिलाउनु हुँदैन । अहिले हामी चुनावकाे अत्यन्त सुन्दर तलाउमा छौँ । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुङ्गा नहानिदिनुस् भनेको मात्रै हो । नो नट अगेन भन्न पाउनुहुन्छ, नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एन्ड अगेन, इलेक्ट अगेन एन्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर सभ्य भाषामा भन्नुपर्छ । समाजले पचाउने भाषामा भन्नुपर्छ । अहिले उम्मेदवारहरू घरदैलोका क्रममा हुनुहुन्छ, कसैलाई त्यो उम्मेदवार मन पर्दैन भने घरबस्तीमै गएर जनतालाई सिकाइदिनुस्, किन अँध्यारो कोठामा बसेर ढुङ्गा हान्ने प्रयास गर्नुहुन्छ, उज्यालोमा नै जानुहोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले आचारसंहिता कडाइ गरेका कारण चुनावकाे माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजदेखि चुनावकाे माहोल बनाउने कुरामा आयोग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहितरूपमा सम्पन्न गर्न कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै कलाकारहरूलाई चुनावसम्बन्धी सूचनाहरू प्रचारप्रसार गरिदिन आग्रह पनि गर्नुभयो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया