सागर ढकाललाई चुनाव प्रचारमा अवराेध नगर्न निर्वाचन आयाेगकाे निर्देशन

 कात्तिक २२, २०७९ मंगलबार १९:५८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्बाधरूपमा प्रचारप्रसार गर्न निर्देशन दिएकाे छ । 

डडेल्धुरालगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ताे निर्देशन दिएकाे हाे । हिजाे साेमवार डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्‍याइएकाे भन्दै सामाजिक सञ्जालमा गुनासाे गर्नुभएकाे थियाे । 

आयाेगले स्वतन्त्रतापूर्वक चुनाव प्रचार गर्न तथा चुनाव खटिएकालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनावमा हुने उपयुक्त वातावरण तयार गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया