गठबन्धनलाई जिताउनुस्, दार्चुलाले मन्त्री पाउँछ : प्रधानमन्त्री देउवा

 कात्तिक २३, २०७९ बुधबार १६:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जिते दार्चुलाले मन्त्री पाउने आश्वासन दिनुभएकाे छ । 

आज बुधवार दार्चुलाको गोकुलेश्वरमा सत्तारूढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे आश्वासन दिनुभएकाे हाे । उहाँ भन्नुभयाे, ‘गठबन्धन आजको आवश्यकता हाे । गठबन्धनले जिते दार्चुलाले मन्त्री पाउँछ ।’ 

कार्यक्रममा बाेल्दै प्रधानमन्त्री देउवाले मिचिएको नेपाली भूमि कुटनीतिक पहलबाट फिर्ता हुने बताउनुभयाे । महाकाली काेरिडोर, पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने उहाँले बताउनुभयाे । 

फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले केपी ओलीले आफैँले नक्सा पास गरेको भनेर झुटा बोलिरेहकाे भन्दै सबै दल एक ठाउँमा उभिएर नक्सा पास भएको बताउनुभयाे । ओलीतिर सङ्केत गर्दै उहाँले दार्चुलामा आएर बोल्दैमा आफ्नाे मिचिएकाे भूमि पिर्ता नहुने भएकाले भारतसँग संवाद गर्नुपर्ने बताउनुभयाे । ओलीले आफूले मात्रै जस लिन खोजेको उहाँकाे आराेप थियाे । 

अन्तिम अपडेट: जेठ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया