ताप्लेजुङमा अटोरिक्सा दुर्घटना : दुई जनाको ज्यान गयो

 कात्तिक २६, २०७९ शनिबार ९:३८:३९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

अटोरिक्सा दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुदाँ पाथीभरा याङ्वर गाउँपालिका वडा नम्बर–१ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र उहाँका नाती फुङलिङ–८ दोखुका ११ वर्षका इशान गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सदरमुकाम फुङलिङ नगरपालिका वडा नम्बर–८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १-००२-००३  ह ३९०० नम्बरको अटोरिक्सा दुर्घटना भएको हो ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार उनीहरु उपचारका लागि काठमाण्डौ हिँडेका थिए । घाइते अटो चालक गङ्गाराम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया