पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
दार्चुला – दार्चुलामा झन्डै एक दशकपछि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका नेता गणेश सिंह ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ । चुनाव आउन अब सात दिन बाँकी रहँदा दार्चुलामा प्रतिनिधि सभामा कसले जित्ला भन्ने विषयमा चिया पसलदेखि चोक, चौतारासम्म चर्चा हुन थालेकाे छ ।
यही मङ्सिर ४ गते आइतवार हुने चुनावमा बहालवाला मन्त्री बडू र पूर्वमन्त्री ठगुन्नाबीच तेस्राे पटक प्रतिस्पर्धा हुन लागेकाे हाे । २०७० सालकाे चुनावपछि बडू र ठगुन्ना यसपालि तेस्रो पटक प्रतिस्पर्धाका लागि चुनावमा उठ्नुभएकाे हाे । कांग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका मन्त्री बडूलाई नेकपा माओवादी केन्द्रको समर्थन छ भने ठगुन्ना सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावमा उठ्नुभएकाे छ ।
२०४८ सालकाे आम चुनावमा नेपाली कांग्रेसबाट दार्चुला १ मा बडू विजयी हुनुभएकाे थियाे । अर्को क्षेत्रबाट राप्रपाका अकबरबहादुर सिंह सांसद बन्नुभएकाे थियाे । २०५१ सालको चुनावमा कांग्रेसले दार्चुलामा वर्चस्व गुमायो । २०४८ सालमा चुनाव जित्नुभएका कांग्रेसका बडू २०५१ सालमा एमालेका नेता प्रेमसिंह धामीसँग पराजित हुनुभएकाे थियाे । २०५६ सालको चुनावमा भने दार्चुलामा कांग्रेसले फेरि झण्डा फहरायो । एमालेका वीरबहादुर ठगुन्नालाई हराउँदै कांग्रेसका बडूले चुनाव जित्नुभयाे । त्यसयता दार्चुलामा कांग्रेसले संसदीय चुनाव जित्न सकेको छैन । २०५६ सालपछि दार्चुलामा कम्युनिस्ट पार्टीको दबदबा छ ।
२०६४ सालको पहिलो संविधान सभा चुनावमा पहिलो पटक बडू र ठगुन्ना एकअर्काका प्रतिस्पर्धी बन्नुभएकाे थियाे । त्यस बेला दार्चुलामा माओवादीका लक्ष्मदत्त जोशी विजयी हुनुभएकाे थियाे । मतका आधारमा एमालेका ठगुन्ना दोस्रो र कांग्रेसका बडू तेस्रो स्थानमा हुनुहुन्थ्याे । २०७० सालको दोस्रो संविधान सभा चुनावमा बडूलाई पराजित गर्दै ठगुन्नाले पहिलो पटक संसद्काे यात्रा तय गर्नुभएकाे थियाे ।
२०७४ सालमा पनि ठगुन्नाले माओवादी केन्द्रको समर्थनमा वाम गठबन्धनको साझा उम्मेदवार बनेर संसद् जाने माैका पाउनुभयाे । ठगुन्नाले त्यस बेला २८ हजार नाै सय ९८ मत ल्याउँदा कांग्रेसका विक्रमसिंह धामीले २२ हजार दुई सय ३३ मत ल्याउनुभएकाे थियाे ।
२०५६ सालपछि दार्चुलामा जित हासिल गर्न नसकेकाे कांग्रेस आउँदाे चुनावबाट आफ्नाे दुई दशक पुरानो विरासत फर्काउने दाउमा छ । नेकपा एमाले भने कम्युनिस्टको किल्ला यथावत् राखेर जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी प्रतिस्पर्धा छ ।
पूर्वमन्त्री ठगुन्ना पनि बडूमाथि जित निकालेर 'ह्याट्रिक' गर्ने रणनीतिमा हुनुहुन्छ । तर सत्तारूढ गठबन्धनविरुद्ध ठगुन्नालाई जित हासिल गर्न त्यति सहज छैन । २०६४ सालमा पहिलो पटक संसदीय चुनाव 'फेस' गर्नुभएका ठगुन्नाले त्यस बेला हार्नुभयाे । त्यसपछि २०७० र २०७४ को चुनाव भने उहाँले जित्नुभयाे । २०७४ चुनावमा ठगुन्नाकाे जितको सारथी माओवादी केन्द्र अहिले कांग्रेसको समर्थनमा छ । यद्यपि गठबन्धनविरुद्ध पालिका चुनावमा ल्याएकाे नतिजाले एमाले हौसिएको छ । ‘एमाले साङ्गठनिकरूपमा बलियो छ, जस्तोसुकै गठबन्धन भए पनि केही फरक पर्दैन’, एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले भन्नुभयाे, ‘एमालेको जित सुनिश्चित छ ।’
पालिका चुनावकाे मत परिणामका आधारमा दार्चुलामा गठबन्धनविरुद्ध नेकपा एमाले बलियो देखिएको छ । उसले दार्चुलामा नाै पालिकामध्ये शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन, दुहुँ र व्यास गाउँपालिका गरेर पाँच पालिकाको प्रमुख जितेकाे छ। अन्य चार पालिका– अपि हिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिका माओवादी केन्द्रले जितेको छ । कांग्रेसले कुनै पनि पालिका प्रमुख पद जित्न सकेन ।
यस्तै नाै पालिकाका ६१ वडामध्ये ३४ वटामा एमालेले जितेको छ। गठबन्धनमा आबद्ध कांग्रेसले १७ र माओवादी केन्द्रले १० वटा वडा जितेका छन् । याे मत परिणाम हेर्दा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सत्ता गठबन्धन र एमालेबीच दार्चुलामा कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
दार्चुलामा सत्तारूढ गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी उम्मेदवार हुनुहुन्छ । यस्तै नेकपा एमालेबाट प्रदेश सभा (क) मा हरदेव जोशी र प्रदेश सभा (ख) मा रामदत्त जोशी उम्मेदवार हुनुहुन्छ ।
दार्चुलामा कांग्रेसको राजनीति वर्षाैँदेखि आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको वरिपरि घुमिरहेको छ । उहाँ पार्टीभित्र संस्थापन इतर कोइराला निकट मानिनु हुन्छ । २०४८ देखि २०७० सम्म दार्चुलाबाट पाँच पटक प्रत्यक्षतर्फ संसदीय चुनावमा प्रतिस्पर्धा गर्दा उहाँले २०४८ र २०५६ मा गरेर दुई पटक मात्रै जित्नुभएकाे छ । उहाँले हारमा 'ह्याट्रिक' नै गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।