सुर्खेतको होटल सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्दै

 मंसिर १७, २०८१ सोमबार १५:३२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कर्णाली प्रदेशको पहिलो चार तारे होटल सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्न थालेको छ ।

वीरेन्द्रनगरमा रहेको होटल सिद्धार्थले आफ्नो होटलभित्रैको पसल अर्थात् 'सोभेनियर शप' मार्फत विभिन्न स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्री गरिरहेको छ । सोभेनियर शपमा सिमी, मार्सी चामल, मकै, मह, ओखर, रुद्राक्ष, ग्रीन टीलगायतका उत्पादन राखिएको होटलका अपरेशन म्यानेजर रामकृष्ण तिमिल्सेनाले बताउनुभयो ।

उहाँका अनुसार राउटे र अन्य समुदायले बनाएका काठका सामग्री, थारू समुदायले बनाएका ढकिया, डालो, डोकोलगायतका सामग्रीसमेत सोभेनियर शपमा किन्न पाइन्छ । प्रायः  होटलको सोभेनियर शपमा गरगहना र कपडा राख्ने चलन भए पनि सिद्धार्थ होटलमा भने यस क्षेत्रका रैथाने उत्पादन छन् ।

‘यहाँ आउने सेवाग्राहीले कर्णालीको चिनोका रूपमा विभिन्न उत्पादन तथा अर्ग्यानिक कृषिजन्य उत्पादन कोसेलीका रूपमा लैजान सकून् भन्ने उद्देश्यले यसको शुरुआत गरिएको हो’, हाेटलका अपरेशन म्यानेजर तिमिल्सेनालेले भन्नुभयो, “हाम्रो यो प्रयासबाट यहाँका उत्पादनको प्रवर्द्धन तथा बजारीकरण हुनुका साथै किसानलाई प्रोत्साहन हुने अपेक्षा गरेका छौँ ।’

रैथाने बालीलगायतका उत्पादन प्रवर्द्धन गर्दै आएको कर्णाली प्रदेशको उद्योग मन्त्रालयअन्तर्गतको लघु ओद्यौगिक ग्राम सञ्चालक समितिको समन्वयमा सिद्धार्थ होटललाई उत्पादन आपूर्तिका लागि समन्वयन गरिएकोसमितिका अध्यक्ष उदिराम डाँगीले बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया