स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन–‘फास्ट बैंकिङ्ग’ सार्वजनिक

 मंसिर १, २०७९ बिहिबार १५:२७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली बैंकिङ्ग क्षेत्रमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्कििएका समस्याहरुलाई समाधान गर्न स्मार्ट चोइस टेक्नोलोजिजले ‘फास्ट बैंकिङ्ग’ ल्याएको छ । विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग आज सार्वजनिक गरिएको हो । फास्ट बैंकिङ्ग एक मोबाइल एप्लिकेशन हो ।

वुधबार काठमाण्डौको होटेल र्‍याडिसनमा आयोजित कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अक्ष्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एप्लिकेशनको अनावरण गरी शुरूवात गर्नुभएको हो । 

स्मार्ट चोइस टेक्नोलोजिजका सञ्चालक सान्तराज बतासको स्वागत मन्तव्यसँंगै कार्यक्रमको सुरुवात गरिएको थियो ।  यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग अनुभवलाई थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताउनुभयो ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग  सेवा विशेष गरि भुक्तानी  तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुविधा लिन अझै पनि बैंककै शाखामा धाउनुपर्ने बाध्यता रहेको भन्दै फास्ट बैंकिङले थप सुविधाका साथ ओपन एपीआई मार्फत बैंकका अन्य सेवाहरुलाई पनि मोबाइल बैंकिङ्गमै जोड्न सकिने बताउनुभयो । यस्तै फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च वृहत रुपमा घटाउन सकिने पनि बताउनुभयो ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राविधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरि विशेष र सुरक्षित छ भन्ने प्रकाश पार्नुभयो । 

यो सेवा ग्लोबल आइएमइ बैंकमा सञ्चालनमा आइसकेको छ । बैंकका  ट्रानजेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले यसको प्रयोगपछि बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभव सुनाउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया