वृद्ध, अशक्त र अपाङ्गमैत्री वसन्तपुरको मतदान स्थल

 मंसिर ३, २०७९ शनिबार १७:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भोलि हुने मतदानको लागि वसन्तपुरको मतदान स्थल वृद्ध, अशक्त र अपाङ्गमैत्री बनाउने काम सकिएको छ । काठमाण्डौ क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थल  कार्य सम्पन्न भएको हो ।

महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल रहेको वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान केन्द्रहरु निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर शिवाकोटीले बताउनु भयो । उहाँले मतदानका लागि रोगी, वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका नागरिकहरुको लागि छुट्टै व्यवस्था गरिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘काठमाण्डौ महानगर वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल हो । ५ वटा मतदान केन्द्रहरु छन् । ४ हजार ६२३ जना मतदाताहरु हुनुहुन्छ । सबै चुनावसम्बन्धी काम सकेका छौँ । महिला, पुरुष, अन्य, वृद्ध, अशक्त, अपाङ्गमैत्री मतदान स्थल बनाएका छौँ । उहाँहरुलाई अलग लाइनको व्यवस्था गरेर हामीले काम सकेका छौँ । कर्मचारीलाई आफ्नो कार्य विभाजनसमेत गरिसकेका छौँ।'

मतदान अधिकृत  शिवाकोटीले वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोलिको चुनाव स्वच्छ, निष्पक्ष, भयरहीत र स्वतन्त्र बनाउन कर्मचारीमा कार्य विभाजन गरिसकिएको र सुरक्षाकर्मीहरुलाई पनि खटाइएको बताउनु भयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया