पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – भोलि देशैभर हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको तयारी सकिएको छ । निर्वाच आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनावको सम्पूर्ण तयारी सम्पन्न भएको बताउनुभयो ।
योसँगै मतदान केन्द्रको तयारी पनि सम्पन्न भइसकेको छ । मतदान केन्द्र निर्माण गर्दा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्थासँगै अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था गरिनुपर्छ । यही व्यवस्थाअनुसार देशैभर मतदान केन्द्र निर्माण सम्पन्न भएको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।
देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ । प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० सिटका लागि प्रत्यक्षतर्फको चुनाव हुँदैछ । त्यस्तै, प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि त्यो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक चुनाव हुँदैछ । चुनावको लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिएका छन् । यस्तै नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।