एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको ...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
सर्लाहीको गोडैता राति र रौतहटको गुजरामा आज बिहान दुई पक्षबीच झडप भएको छ । सर्लाहीमा एक जनाले ज्यान गुमाएका छन् । ४ जना घाइते छन् । त्यस्तै मकवानपुरको हेटौँडामा चुनाव बिथोल्न खोज्ने ७ जनालाई प्रहरीले बिहान पक्राउ गरेको छ ।
नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौँडा–१० का ४१ वर्षीय रवि खड्कासहित ७ जनालाई हेटौँडा–१० बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लागिएको छ ।
सिरहामा दुई पक्षका कार्यकर्ताबीच विवाद हुँदा मत पेटिका खोसाखोस भएको छ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।
सिरहाको कर्जन्हा नगरपालिकाका वडा नम्बर–६ मिर्चैयाको जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । स्थितिलाई सामान्य बनाउन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले बताउनुभएको छ । केहीबेर तनाव भएर मतदान स्थगित भए पनि अहिले पुन: मतदान सुरु भएको छ । दोलखाको बैतेश्वर गाउँपालिका–६ र तामाकोशी गाउँपालिका–४ मा विवाद भएको छ । विवादका कारण बैतेश्वरको नाम्दुमा मतदान रोकिएको छ । त्यस्तै तामाकोशी–४ मालुमा पनि विवादले रोकिएको छ ।
कैलालीसहित केही जिल्लाका विभिन्न ठाउँमा पनि शङ्कास्पद वस्तु भेटिएका छन् । तर मतदानमा खासै प्रभाव परेको छैन । देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि सुरु मतदान बेलुका ५ बजेसम्म निरन्तर रहनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजराति ९ बजेदेखि नै मत गणना सुरु गरिने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।