एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको ...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - निर्वाचन आयोगले सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्देशन दिएको छ ।
आयोगले फेसबुकमार्फत् सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो ।
आज बिहानदेखि भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका क्रममा कतिपय जिल्लाका मतदानस्थलमा चुनाव स्थगित भएका छन् । आयाेगले बेलुका ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न र स्थगित गर्नै पर्ने अवस्थामा आयाेगसँग पूर्वसहमति लिनुपर्ने जनाएकाे छ ।
आयोगले लेखेको छ 'मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सञ्चालन गर्ने र बेलुका ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।