अछामका सबै मतदान स्थलका मतपेटिका सदरमुकाम पुर्याइयो

 मंसिर ५, २०७९ सोमबार ८:३७:३३ | चन्द्र थापा
unn.prixa.net

अछाम - अछाम जिल्लामा सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मङ्गलसैनमा पुर्याइएकाे छ । 

केही समयपछि सर्वदलीय बैठक बस्ने र मत गणना दिउँसोदेखि मात्रै सुरु गरिने मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनु भएकाे छ । 

दुईवटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिब ५५ प्रतिशत मतदान भएको छ। 

जिल्लाका क्षेत्र नम्बर १ का १ सय ३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १ सय ५ मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भएको उहाँले बताउनु भयो।

 

अन्तिम अपडेट: चैत २५, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया