विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

 मंसिर ५, २०७९ सोमबार ९:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन्। आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई वटा खेल हुनेछन्।

आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरान नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन्। समूह ‘बी’ कै अर्को खेलमा अमेरिका र वेल्सबीच राति पौने एक बजे खेल हुनेछ।

त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच राति पौने १० बजे खेल हुनेछ। कतारमा हिजोदेखि विश्व कप सुरु भएको हो । यसमा ३२ देश सहभागी छन्। उद्घाटन खेलमा आयोजक कतारलाई २–० गोलले हराएर इक्वेडरले विजयी सुरुआत गरेको छ ।

कतार विश्व कप आयोजकका रुपमा उद्घाटन खेल हार्ने पहिलो देश समेत बनेको छ। 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया