जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई फराकिलाे मतकाे अग्रता

 मंसिर ५, २०७९ मंगलबार ४:१:२१ | रासस
unn.prixa.net

जुम्ला – जुम्लाको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा चार हजार ४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीलाई फराकिलाे मतकाे अग्रता मिलेकाे छ । शाहीले दुई हजार ६०० मत प्राप्त गर्दै एक हजार ५५० मतकाे अग्रता बनाउनुभएकाे छ । 

यहाँ राति २ बजेसम्म भएको गणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा कुँवरले एक हजार ५० मत पाउनुभएको छ । 

त्यस्तै एमालेका रतननाथ योगीले चार सय ४७ मत प्राप्त गर्नुभएको छ । यहाँ नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ६५ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया