सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने अफर आएमा पछि नहट्ने बताउनु भएकाे छ । काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बन्नुभएका नेता सिंहले शुभकामना आदानप्रदानका क्रममा आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको दाबी गर्नुभएकाे हाे ।
नेता सिंहले देशभरबाट जितेर आएका कांग्रेस नेताहरुसँग सल्लाह लिएर आफू अघि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम चुनावमा पनि म नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि प्रतिस्पर्धा गरेकै हो । देशभरबाट कांग्रेसको सांसद जितेर आएकाहरुको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रक्रिया अगाडि जान्छ । सबै साथीहरुसँग सल्लाह गरेर गर्ने कुरा हो । परिस्थिति फरक भइरहेको छ । प्रधानमन्त्रीको लागि म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि पछि हट्ने कुरा आउँदैन ।’
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका कांग्रेस नेता सिंह काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पछि पार्दै विजयी हुनुभएको हो । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिस्पर्धी मिश्रले ७ हजार १८ मत ल्याउनु भयाे ।
साथै उहाँले आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काममा आफू निरन्तर लाग्ने बताउनु भयो । उहाँले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका पहल गर्ने बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।