रामेछापमा कांग्रेसको अग्रता कायमै

 मंसिर ६, २०७९ मंगलबार १९:७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – रामेछापमा प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले अग्रता कायमै राख्नुभएको छ ।

४ हजार ७ सय ८९ मत गन्दा उहाँले २ हजार ४ सय ४७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेलले १ हजार ५ सय १८ मतसहित पछ्याइरहनुभएको छ । 

त्यस्तै प्रदेशसभा तर्फ प्रदेशसभा क मा माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठले १८ सय ३३ मत ल्याउनुभएको छ भने नेकपा एमालेका उम्मेदवार शान्तिप्रसाद पौडेलले १३ सय ६९ मत पाउनुभएको छ ।

त्यसै गरी प्रदेशसभा सदस्य पदमा राप्रपाका हिक्मतबहादुर सुनुवारले १ हजार १ मत प्राप्त गर्नुभएको छ भने एकीकृत समाजवादी पार्टीका उम्मेदवार रमेश कुमार बस्नेतले १८२ मत पाउनुभएको छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया