सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
पुस ८, २०८१ सोमबार
पर्सा – पर्सा जिल्लाको क्षेत्र नम्बर ४ को ‘ख’ मा जनता समाजवादी पार्टी (जसपा) का सिंहासन कलवार विजयी हुनु भएको छ ।
उहाँले १५ हजार ३ सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानूले १२ हजार ६ सय ४१ मत मात्र गर्नु भएको थियो ।
त्यस क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ शेख चाँद तारा १ हजार ७ सय ६५ मत मात्र प्राप्त गरी तेस्रो हुनुभएको छ ।
यो नतिजासँगै पर्सामा तीन जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । निर्वाचित तीन जनामध्ये दुई जना नेपाली कांग्रेस र एक जना जसपाबाट निर्वाचित भएका हुन् ।
पर्सा क्षेत्र नम्बर २ को ‘क’ मा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६ सय ५७ मतले पछि पार्दै १३ हजार ७ सय ८४ मतसहित नेपाली कांंग्रेसका श्याम पटेल विजयी हुनुभएको छ । त्यसैगरी पर्साको क्षेत्र नम्बर ४ को ‘क’ मा पनि नेपाली कांग्रेसका शंकर चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका जिल्ला अध्यक्ष जयप्रकाश थारुलाई १ हजार ७ सय १६ मतले पछि पार्दै विजयी हुनुभएको हो । चौधरीले १२ हजार १ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै पर्साको क्षेत्र नम्बर ३ को ‘ख’ मा नेपाली कांंग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री विजयी हुनुभएको छ । उहाँले विपक्षी गठबन्धनका साझा उम्मेदवार डा मधु गुप्तालाई पराजित गर्नु भएको हो । तर यो निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी रहेको छ । यो नतिजासँगै पर्साका चारवटा प्रदेश सभा सदस्यको नतिजा आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।