काठमाण्डौका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गौतम, पराजुली र श्रेष्ठको जित

 मंसिर ७, २०७९ बुधबार ७:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डौमा तीन क्षेत्रमा जितेको छ ।

काठमाण्डौको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी हुनुभयो । गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेका मणिराम फुँयालले ११ हजार ५५५ मत पाउनुभयो । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर ९ हजार ४४९ मत ल्याउनुभयो । काठमाण्डौ–२ मा राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मतसहित तेस्रोमा रहनुभयो ।

त्यस्तै स्वतन्त्र पार्टीबाट काठमाण्डौ–७ मा गणेश पराजुली र काठमाण्डौ–८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याउनुभयो । त्यहाँ माओवादी केन्द्रकी अस्मिता मानुषी यमी भट्टराईले ६ हजार ६३ मत प्राप्त गर्नुभयो ।

काठमाण्डौ क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत तथा एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया